नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका सम्बन्धि सूचना


प्रकाशित मिति : २०८०/१/०८

अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दरखास्त दिन आह्वान गरिन्छ ।

यो पुरस्कार नेपालको ग्रामीण भेगमा रहेर त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास र सुशासनका क्षेत्रमा सुधार ल्याउन र जनचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सञ्चारकर्मी वा सञ्चार संस्थालाई प्रदान गरिने छ । पुरस्कारको राशी २,२२,२२२.२२ (दुई लाख बाइस हजार दुईसय बाइस रुपैयाँ, बाइस पैसा) रहेको छ । यससम्बन्धी थप जानकारी तथा फारमका लागि महासंघको वेबसाईट fnjnepal.org वा नेजाको वेबसाईट neajausa.org मा हेर्नुहोला ।

यस पुरस्कारका लागि आवेदन दिन इच्छुक पत्रकारले २०७८ साल भदौदेखि २०८० साल वैशाख ५ गतेसम्ममा प्रकाशन/प्रशारण भएका कम्तिमा तीनवटा सामग्री महासंघको इमेल [email protected] मार्फत वा सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा उपलब्ध गराउनु पर्ने छ । दरखास्त दिने समय २०८० साल वैशाख १२ गतेदेखि वैशाख २७ गतेसम्म तय गरिएको छ ।

 Download