Introduction
नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन हो जसको ६५ वर्ष लामो इतिहास छ । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्दन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।
यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरुको एक अंगका रुपमा महासंघ सधैं उभिएको छ । लोकतान्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य हो ।
वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ । वि.सं. २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । हाल महासंघमा १३ हजारभन्दा बढी सदस्य रहेका छन् ।
महासंघको उद्देश्य
- नेपाली पत्रकारहरूलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरूको हक अधिकार प्रवर्दन तथा संरक्षण गर्न क्रियाशील रहन
- उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुँदै स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिपालना गर्ने,
- सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने,
- श्रमजीवी पत्रकारहरुको उचित श्रम अभ्यास, सामूहिक सौदावाजी र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि पत्रकार महासंघलाई ट्रेड युनियन संस्थाका रुपमा स्थापित गरी ट्रेड युनियन अधिकारको नेतृत्व प्रदान गर्ने
- पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने,
- पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ, संस्थाहरूसँग प्रतिनिधिहरू आदानप्रदान गर्ने,
- पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयहरूमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, प्रशिक्षणलगायत अन्य विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने र पुस्तक, पत्रपत्रिका, कार्यक्रम तथा प्रतिवेदन प्रकाशन वा उत्पादन गर्ने,
- राष्ट्र, समाज र आम नागरिक तथा पत्रकार जगतको हितका साथै स्वच्छ पत्रकारिताको प्रवद्र्धनका निम्ति क्रियाशील रहने,
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवद्र्धनका लागि आवश्यक अन्य काम गर्ने ।
म्हासंघको संगठन
नेपाल पत्रकार महासंघको संगठन देशभर फैलिएको छ । पछिल्लो समय थपिएका दुई जिल्लामध्ये एकमा बाहेक महासंघको सबै जिल्लाहरुमा महासंघको शाखा छ भने २० भन्दा बढी पत्रकारहरु रहेका ४२ वटा सञ्चार प्रतिष्ठानहरुमा समेत शाखा छ । महासंघले आफ्नो संगठनलाई संघीयता अनुरुप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषदहरु पनि गठन गरिसकेको छ । देशका ७ प्रदेशसहित काठमाडौं उपत्यकालाई छुट्टै एकाइ मानी ८ वटा भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान र एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासंघका १० प्रदेश समिति र परिषद छन् ।
- जिल्ला शाखा – ७६
- प्रतिष्ठान शाखा – ४२
- एसोसियट सदस्य – ११
- वैदेशिक शाखा – ९
- प्रदेश परिषद – १०
- प्रदेश समिति – १०
- केन्द्रीय परिषद
- केन्द्रीय समिति
समावेशीकरण
समावेशीकरणको सिद्धान्तलाई महासंघले धेरै अघिदेखि नै आत्मसात गर्दै अएको छ । पछिल्लो समयमा विभिन्न चरणमा भएका विधान संशोधनमार्फत महासंघले केन्द्रदेखि शाखासम्मका सबै संरचनाहरुमा सबै समुदाय, लिंग र शारीरिक अवस्था भएका पत्रकारहरुको प्रतिनिधित्व सुनिश्चित गर्न निश्चित संख्यामा सिटहरुको व्यवस्था गरेको छ ।
- केन्द्रीय समिति (४९ सदस्य)
- एक महिला उपाध्यक्ष
- एक समावेशी उपाध्यक्ष
- महिला, मधेशी, जनजाती र दलित सचिव
- चार महिला सदस्य (खुला, जनजती, मधेशी र दलित)
- दलित, जनजाती र मधेशी समुदायबाट न्यूनतम १/१ महिलासहित २/२ सदस्य
- अल्पसंख्यक तथा अपांगता भएका पत्रकारहरुमध्ये १/१ सदस्य
- १० प्रदेशबाट २/२ जना सदस्य
- प्रदेश समिति (२१ सदस्य)
- एक महिला उपाध्यक्ष
- एक समावेशी सचिव
- तीन महिला सदस्य
- जनजाती र मधेशी समुदायबाट २/२ जना सदस्य
- दलित तथा अल्पसंख्यक / अपांगता भएका पत्रकारहरुमध्ये १ सदस्य
- जिल्ला तथा प्रतिष्ठान शाखा
- एक महिला उपाध्यक्ष
- एक समावेशी सचिव
- विभिन्न समुदको प्रतिनिधित्वका लागि सुनिश्चितता
त्यससँगै महासंघले शाखाहरुमार्फत केन्द्रीय परिषदमा प्रतिनिधित्व गर्ने पत्रकारहरुमा दुईजनामध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरी महिलाहरुको प्रतिनिधित्व ५० प्रतिशत पु¥याउने व्यवस्था गरेको छ ।
लोतान्त्रिक प्रकृया
- प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन
- सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदान
- निवर्तमान अध्यक्ष, त्यस अघिका समितिको अध्यक्ष र अध्यक्ष पदका निकटतम् प्रतिद्वन्दी केन्द्रीय समितिमा सल्लाहकार रहने व्यवस्था
- हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल नदोहरिएको