मिथिला रत्न दैनिकका सम्पादक शिव दयाल यादवलाई सिरहास्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजु साहले गालीगलौजसहित भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८२।०८।१५

मिथिला रत्न दैनिकका सम्पादक शिव दयाल यादवलाई सिरहास्थित महालक्ष्मी ज्वेलर्सका सञ्चालक राजु साहले गालीगलौजसहित भौतिक आक्रमणको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

यही मंसिर १२ गते पत्रिकाको फेसबुक पेजमा उक्त ज्वेलर्सका बारेमा पोष्ट भएको भिडियोलाई लिएर सोही दिन राति यादवलाई धम्की आएको महासंघ सिरहा शाखाले जनाएको छ ।

प्रकाशित सामग्रीमा चित्त नबुझे त्यसको समाधान प्रचलित विधिबमोजिम नखोजी पत्रकारलाई धम्क्याउनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।

यो घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 Download