पत्रकार वीरेन्द आचार्यको सवारी दुर्घटनामा परी ३४ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०८२।०८।१४


पत्रकार वीरेन्द आचार्यको सवारी दुर्घटनामा परी ३४ वर्षको अल्पायुमै भएको निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ।

यही मंसिर १२ गते शुक्रबार सुर्खेतको वीरेन्द्रनगर–२ भुरेली चोकमा भएको दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको कर्णाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोही दिन राति निधन भएको हो।

महासंघ कालिकोट शाखाका सदस्य आचार्य पछिल्लो समय रेडियो तिला आवाजमा कार्यरत हुनुहुन्थ्यो। कालिकोट जिल्ला शभकालिका–६ निवासी आचार्यकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, कर्मठ र जुझारु पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ।

महासंघ स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल
महासचि

 Download