मिति : २०८२।०९।०१
कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
यही मंसिर २७ गते शनिबार दुई जना अपरिचत युवाले नयाँ सन्देश अनलाइनका सम्पादक चन्दलाई गलत नियतले पछाडिबाट धकेलेको महासंघ कैलाली शाखाले जनाएको छ । उक्त हर्कत भिडियोमा स्पष्ट देखिएको शाखाको भनाइ छ ।
पत्रकारमाथि भएको अमर्यादित व्यवहारप्रति महासंघ निन्दा र भर्त्सना गर्दछ ।
महासंघ यो घटनामा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गर्दछ ।
रामप्रसाद दाहाल
महासचिव