अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध

अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध



२०७८ बैशाख २९

बैशाख २९, काठमाडौं । निम्बस नेपालले अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि दश हजार थान मास्क नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको छ । आज एक कार्यक्रमका बिच निम्बस नेपालका प्रबन्ध निर्देशक आनन्द बगरियाले महासंघमा उपस्थिति भई उक्त मास्क महासंघका अध्यक्ष विपुल पोख्रेललाई हस्तान्तरण गर्नुभयो । 
कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरियाले अहिलेको कठिन अवस्थामा पत्रकारहरुले अग्रभागमा खटिएर काम गर्नुपर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सानो सहयोग गरिएको बताउनुभयो । उहाँले आवश्यकता अनुसार आउदा दिनमा थप सहयोग गर्ने समेत बताउनुभयो । 
नेपाल पत्रकार महासंघका अध्यक्ष विपल पोख्रेलले निम्बस नेपाललाई मास्क उपलब्ध गराएकोमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महासंघमा देशभरीबाट १३ हजार भन्दा धेरै पत्रकार आवद्ध रहेको बताउनदै पत्रकारहरुले कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि महासंघसंग सहयोग मारिरहेको बताउनुभयो । महासंघले आउदा दिनमा थप सहयोगको अपेक्षा राखेको  अध्यक्ष पोख्रेलले धारणा राख्नुभयो । 
महासचिव रोशन पुरीले मास्क उपलब्ध गराएको निम्बसलाई धन्यवाद व्यक्त गर्दै कोरोना संक्रमण उच्च रहेका प्रदेशमा क्रियाशिल पत्रकारलाई थप स्वास्थ्य सामाग्रीको सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले महासंघलाई प्राप्त मास्क तथा स्वास्थ्य सामाग्रीहरु प्राथमिकताका आधारमा महासंघको प्रदेश समितिमार्फ सञ्चारगृहलाई उपलब्ध गराइने बताउनुभयो  । 
लेखा समिति संयोजक लेखनाथ न्यौपानेले सहयोगको सर्हाना गर्दै निम्बस समूहलाई धन्यवाद दिनुभयो । 
निम्बसले महासंघका प्रदेश समिति मार्फत जिल्ला जिल्लामा पत्रकारलाई मास्क उपलब्ध गराउने जनाएको छ । 
निम्बस नेपालले हालको परिस्थितिलाई मध्यनजर गर्दै अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंतिमा रहेर काम गर्नेहरु, स्वयसेवक, स्वास्थ्यकर्मी तथा सरकारी निकायलाई प्राथमिकतामा राखेर कम्पनिले उत्पादन गरेको प्रो–टेक्ट को मास्क र स्यानिटाइजर बाड्ने तयारी गरेको विज्ञप्ति मार्फत जनाएको छ । उक्त सेवाका लागि निम्बस नेपालको अनलाइनमा विवरण उपलब्ध गराउन समेत सम्बन्धितमा आग्रह गरेको छ ।