सुर्खेतमा पत्रकार आचारसंहिता अभिमूखिकरण सम्पन्न 

सुर्खेतमा पत्रकार आचारसंहिता अभिमूखिकरण सम्पन्न 



२०७९ जेठ २०

सुर्खेत २० जेठ। कर्णालीमा पत्रकार आचारसंहिता सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा कर्णाली प्रदेश समितिको संयोजनमा शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकार आचारसंहिता सम्बन्धी अभिमूखिकरण कार्यक्रमको आयोजना गरेको हो । 
महाँसघका कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका पूर्व सभापती डा. सुरेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कर्णालीका विभिन्न जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । 
पूर्व सभापती तथा प्रशिक्षक डा.आचार्यले पत्रकारहरुलाई पत्रकार आचारसंहिता भित्र रहेर पत्रकारिता गर्न सुझाव दिनुभयो । मर्याादित पत्रकारीता आजको आवश्यकता भएकोले समाजले विश्वास गर्नेखालको पत्रकारीता गर्न जरुरी रहेको उहाँले वताउनुु भयो । अभिमुखिकरण कार्यक्रममा पत्रकार आचारसंहिता, अन्तराष्ट्रिय अभ्यास, पत्रकारको दायित्व लगाएतका विषयमा प्रशिक्षण दिनुभएको थियो । 
कार्यक्रममा महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले पत्रकारहरुले आचारसंहिता भित्र रहेर पत्रकारिता गर्नुपर्ने र गोपनियताको ख्याल गर्नुपर्नेमा जोड दिनुुभयो ।  कार्यक्रममा पूर्व केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतमले पत्रकारितालाई मर्यादित गराउन आचारसंहिता आवश्यक रहेको भन्दै पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यसका लािग जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताउनुभयो  । 
यस्तै कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले आचारसंहिता कार्यान्वयन गरे सुरक्षित, मर्यादित र व्यवस्थित पत्रकारिता हुने बताउनुभयो । उहाँले पत्रकारहरुलाई आचारसंहिता पालना गराउन केन्द्रिय समितिको तर्फवाट विभिन्न कार्यक्रम गर्दे आएको बताउनुभयो । 
कार्यक्रममा नेपाल पत्रकार महाँसघका केन्द्रिय सदस्य दीपेन्द्र शर्मा, कर्णाली प्रदेशका पुर्व अध्यक्ष दुुर्गा थापा, प्रेस चौतारीका केन्द्रिय सदस्य कोमल शाही, प्रेस सेन्टरका केन्द्रिय सदस्य रत्न कार्की, प्रेस युुनियनका सुर्खेत उपाध्यक्ष लक्ष्मिी भण्डारी, पत्रकार महाँसघका केन्द्रि विभागका सदस्यहरु,सञ्चारिका समुह कर्णाली अध्यक्ष सिता वलि लगाएका पत्रकारहरुको सहभागिता रहेको थियो । महाँसघका कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराइको संचालन तथा आचारसंहिता अनुुगमन विभागका सदस्य भानुुभक्त खड्काले कार्यक्रमको उद्देश्य माथी प्रकाश तथा सहभागीहरुलाइ स्वागत गर्नुभएको थियो ।