पुस २२, काठमाडाैं । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा आज भएको भेटघाट समारोहमा राष्ट्रपति पौडेलले नेपाल पत्रकार महासंघकी अध्यक्ष श्री निर्मला शर्माको प्रतिनिधिमण्डललाई भेटेर बधाई दिदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको हो ।
भेटघाटपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलका साथ नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल सामूहिक तस्विर खिचाएकाे िथयाे ।