पत्रकार दुर्घटना बीमा सम्बन्धमा


मिति : २०७४।१२।०२

सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासंघबाट श्रमजीवी तथा स्वतन्त्र पत्रकारहरूको दुर्घटना बीमा कार्य सुरु भएको छ । यस अन्तर्गत आ.व. २०७४/०७५ मा पत्रकार दुर्घटना बीमा कार्यक्रममा सहभागिताका लागि महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा, र एसोसिएट संस्थाहरुमा कार्यरत पत्रकारहरूले आ–आफ्नो शाखा तथा संस्था मार्फत निम्नबमोजिमको प्रक्रिया पुर्याई २०७४ चैत्र मसान्तभित्र पठाउनुहुन जानकारी गराइन्छ । बीमामा सहभागी हुने पत्रकारहरूले बुझाउनुपर्ने बीमा प्रिमियमको व्यहोरा यसैसाथ संलग्न गरिएको छ ।

विवरण पठाउनु पर्ने ढाँचाः
सूचनाको प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकृत 
नाम ठेगाना 
सञ्चार प्रतिष्ठानको नाम 
महासंघको शाखा र सदस्यता नं 
जन्म मिति 
सम्पर्क नं 
इमेल 
इच्छाएको व्यक्ति

प्रतिव्यक्ति रु. ७७।६९ 

नोट : शाखाका पत्रकारको हकमा सम्बन्धित शाखाले संकलन गरी एकमुष्ठरूपमा महासंघ केन्द्रमा पठाउन सक्नेछन् । थप आवश्यक जानकारीका लागि कार्यालय सचिव शेषराज खतिवडा ९८६१४९७९६९ तथा महासंघ केन्द्रमा सम्पर्क गर्नुहोला ।

राजेश मिश्र
कोषाध्यक्ष

 डाउनलोड गर्नुहोस्