प्रकाशित मिति : २०७५ साल जेठ १६ गते (गाेरखापत्र दैनिक)
नेपाल पत्रकार महासंघको
शिक्षा पत्रकारिता पुरस्कारसम्बन्धी जरुरी सूचना
नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्ष पनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।
पुरस्कारहरू निम्न छन्ः
१) राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार
२) प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार
३) प्रादेशिक शिक्षा पत्रकारिता लेखनवृत्ति
४) संस्थागत शिक्षा पत्रकारिता पुरस्कार
राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार देशभरबाट छनौट गरी प्रदान गरिनेछ । कुनै पनि सञ्चारमाध्यममा कम्तिमा ५ वर्षदेखि निरन्तररूपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम गरिरहेका व्यक्तिले यसका लागि आवेदन दिनसक्नेछन् ।
प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार र प्रादेशिक शिक्षा लेखनवृत्तिका लागि सातवटै प्रदेश तथा काठमाडौं उपत्यकाबाट छनौट हुनेछ । कम्तिमा ३ वर्षदेखि निरन्तररूपमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कुनै पनि सञ्चारमाध्यममा पत्रकारिता गरिरहेका व्यक्तिले प्रादेशिक पुरस्कार र लेखनवृत्तिमा आवेदन दिनसक्नेछन् ।
संस्थागत शिक्षा पुरस्कारतर्फ दैनिक पत्रिका, टेलिभिजन र अनलाइनलाई राष्ट्रिय स्तरमा तथा प्रादेशिक स्तरमा रेडियोको छनौट गरी पुरस्कार प्रदान गरिनेछ । रेडियोको हकमा काठमाडौं उपत्यकाबाट समेत छनौट गरिनेछ ।
पुरस्कारमा सहभागी हुन चाहने पत्रकारले शिक्षा क्षेत्रमा पत्रकारितामार्फत पु¥याएको योगदानसहितको व्यक्तिगत विवरण, २०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म आफूले तयार पारेर प्रकाशित÷प्रसारित भएका ५ वटा शिक्षासम्बन्धी समाचार सामग्री, खोजमूलक लेख–रचना २०७५ जेठ मसान्तसम्म महासंघको कार्यालय सञ्चारग्राम, काठमाडौंमा वा महासंघको इमेल fnjnepalcentral@gmail.com मा आइपुग्नेगरी पठाउनु पर्नेछ । शिक्षा पत्रकारिता पुरस्कार महासंघ र शिक्षा विभागको संयुक्त निर्णयअनुसार तयार गरिएको मापदण्डका आधारमा तोकेको छनौट समितिबाट हुनेछ ।