नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसका अवसरमा हुने प्रतियोगितात्मक कार्यक्रममा सहभागिताका लागि सूचना


नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवसका अवसरमा हुने प्रतियोगितात्मक कार्यक्रममा सहभागिताका लागि सूचना 


नेपाल पत्रकार महासंघ २०७५ चैत १६ गते आफ्नो स्थापनाको ६४ औं वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवसलाई महासंघले विविध कार्यक्रमसहित चैत्र १३ देखि १६ गतेसम्म चार दिन देशभर मनाउने भएको छ । 
सो अवसरमा केन्द्रीय समितिको आयोजनामा चैत्र १३ देखि १६ गतेसम्म महासंघका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान र पूर्व अध्यक्षहरुसँग अन्तरसंवाद कार्यक्रमका साथै मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा पत्रकारले रिपोटिङका क्रममा भोगेका जोखिमपूर्ण अनुभव र चुनौतीको प्रस्तुतिसमेत आयोजना गरिएको छ । 
मैत्रीपूर्ण फुटसल तथा पत्रकारले रिपोर्टिङका क्रममा भोगेका जोखिमपूर्ण अनुभव र सामना गरेका चुनौती प्रस्तुति कार्यक्रममा भाग लिन चाहने सञ्चारमाध्यमका पत्रकारले यही चैत्र ११ गते भित्र नेपाल पत्रकार महासंघमा नाम दर्ता गराउनुहुन अनुरोध छ ।
मैत्रीपूर्ण फुटसल प्रतियोगितामा भाग लिने संस्था वा पत्रकारले ६ जनाको टिम बनाई नाम दर्ता गराउनु पर्नेछ । त्यस्तै समाचार प्रस्तुति कार्यक्रममा भाग लिन चाहने पत्रकारले सम्बन्धित विषयमा आफूले रिर्पोटिङ गरेको अनुभवसहितको बायोडाटा पेश गर्नुपर्नेछ ।
महासंघ स्थापना दिवसको अवसरमा हुने यी कार्यक्रममा सहभागिताका लागि सबै सञ्चारमाध्यम तथा सञ्चारकर्मी मित्रहरुमा हार्दिक अनुरोध गर्दछ ।

मिति : २०७५/१२/०७