प्रहरीबाट भएको ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् : महासंघ



मिति ः २०७५।०२।१८
समाचार संकलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकषर्ण भएको छ ।

जेठ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा दिउँसो ३ः०० बजेतिर समाचार संकलन गरिरहेका अनलाइन टिभी अन्नपूर्णका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकाटालाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएका थिए ।

पत्रकारको समाचार संकलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आमनागरिको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको महासंघको ठहर छ । महासंघ प्रहरीबाट भएको यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन सरकारस“ग माग गर्दछ ।

......................
रमेश विष्ट
महासचिव

 डाउनलोड गर्नुहोस्