४ दिनदेखि पत्रकार बेपत्ता

२०७४।०२।०४
युवा हुँकार मासिकका सम्वाददाता हरिचन्द्र श्रेष्ठ गत ४ दिनदेखि बेपत्ताको अवस्थामा रहेको समाचारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय तहको निर्वाचनमा मतदानका गर्नका लागि ३० गते गृह जिल्ला काभ्रेपलाञ्चोकको कानपुर गएका श्रेष्ठ ३१ गते मतदान गरेपछि काठमाडौं फर्किने क्रममा सोही दिन साँझदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतलाई उधृत गर्दै युवा हुँकार मासिकबाट जानकारी आएको छ ।
परिवारको तर्फबाट पत्रकार श्रेष्ठको खोजीका लागि काभ्रे जिल्ला प्रहरीमा निवेदन दिइएको छ भने महासंघको तर्फबाट पनि स्थानीय प्रहरी प्रमुखसँग बेपत्ता व्यक्तिको खोजीको लागि अझ बढी तदारुकता देखाउन आग्रह भएको छ । महासंघ पत्रकार श्रेष्ठको अवस्था तत्काल पत्ता लगाउन र घटनाको यथार्थ सार्वजनिक गर्न स्थानीय प्रशासनसंग पुनः जोडदार माग गर्दछ ।

उजिर मगर
महासचिव