पत्रकार सोमराज लुइँटेलको २०७४ जेठ १ गते राती ५४ वर्षको उमेरमा निधन

मितिः२०७४/२/२

नेपाली पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु भएका पत्रकार सोमराज लुइँटेलको २०७४ जेठ १ गते राती ५४ वर्षको उमेरमा निधन भएको छ । नेपाल पत्रकार महासंघ स्वर्गीय लुइँटेलप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । यस दुखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
२०३९ सालदेखि दैनिक समाजबाट पत्रकारिता पेशामा प्रवेश गरेका लुइँटेलले युगसम्वाद साप्ताहिक, लोकपत्र दैनिक, साधना मासिक लगायत आधा दर्जन पत्रपत्रिकामा काम गर्नुभएको थियो । लामो समयदेखि मधुमेह, उच्च रक्तचापबाट पीडित लुइँटेलको दुबै मृगौला फेल भएपछि डाइलोसिस् गराउँदै आउनु भएको थियो ।
स्वर्गीय लुइँटेलका आमा, श्रीमती, छोरा, पाँच दाजुभाइ छन् । स्वर्गीय लुइँटेलको आज बिहान आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय लुइँटेलप्रति महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट सहित सहकर्मी संचारकर्मीहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उजिर मगर
महासचिव