२०७३।१२।१५
आज चैत्र १५ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार संकलनका गरिरहेका पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी संगठन र प्रहरीबीच भएको झडपको फोटो खिचिरहेको अवस्थामा गरिएको पेट्रोल बम अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र दी काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी प्रहार गरिएको जनाइएको छ ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको यो आक्रमणको महासंघ निन्दा गर्दै घटनाको छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।
उजिर मगर
महासचिव