प्रहरी ज्यादतीको निन्दा

२०७३।०८।१७

समाचार संकलनको क्रममा इमेज टीभी र सेतोपाटी डटकमका पर्सा सम्मावददाता अनिल तिवारीमाथि वडा प्रहरी कार्यालयका प्रहरीले दुव्र्यवहार गर्दै मोवाइलसमेत तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

मंसिर १६ गते पर्सा जिल्ला अदालतमा नाराबाजी गरिरहेका महिलाहरूमाथि प्रहरीद्वारा भएको लाठी चार्जको समाचार संकलनका क्रममा प्रहरीले पत्रकार तिवारीलाई दुव्र्यवहार गर्दै उहाँको मोवाइल तोडफोड गरिदिएको महासंघ पर्सा शाखाले जनाएको छ ।

 

संविधानले प्रत्याभूत गरेको अधिकारको सदुपयोग गर्दै स्वतन्त्रतापूर्वक आफ्नो पेशागत धर्म निर्वाह गरिहेका पत्रकारमाथि आमजनताको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप हो । महासंघ प्रहरीबाट भएको ज्यादतीको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै दोषीउपर कारवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन सरकारस“ग माग गर्दछ ।

 

....................

उजिर मगर

महासचिव