सम्पादक रनी विवशलाई पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०३।०८

समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले बिनाकारण पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघको सदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम हो । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव