समाचार संकलनमा रोक लगाई हातपातसमेत गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति :२०७९।०४।२६

ओसिएन ड्रिङ्किङ वाटर इन्डस्ट्रीजले बजारमा पठाएको प्रशोधित पानी (जार) मा किरा भेटिएपछि सो सम्बन्धमा समाचार संकलन लागि पुगेका स्पेस फोके टेलिभिजनमा कार्यरत पत्रकार नरेन्द्र महतारा र सुरेन्द्र राउतलाई समाचार संकलनमा रोक लगाई हातपातसमेत गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

साउन २५ गते बुधबार मनोहरा नगरपालिका ७ मा रहेको उक्त उद्योगमा समाचार संकलनका लागि दिउँसो २ः०० बजेतिर पुगेका पत्रकारद्वयलाई नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय अध्यक्ष ध्रुवगौतमसहित आएका एक समूहले उद्योग परिसरबाट जबर्जस्ती बाहिर निकाल्नुका साथै हातपातसमेत गरेको महासंघमा जानकारी प्राप्त भएको छ ।

बजारमा पठाइएको पानीमा देखिएको समस्याबारे बुझ्न र सोबारे नागरिकलाई सुसूचित र सचेत गराउन जुटेका पत्रकारमाथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रताविरोधी कार्य हो । महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछ । र, घटनामा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

 

गोविन्दप्रसाद चौलागाई

सचिव

 डाउनलोड गर्नुहोस्