कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति : २०७९।०५।०१

नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि समाचारको विषयलाई लिएर भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ चितवन शाखाका अनुसार कालिका नगरपालिकाका निर्वतनमा मेयर खुमनारायण श्रेष्ठ (गोपी) र उनका पिए दीपक लामिछानेको विषयमा प्रकाशित भएको समाचार सामग्रीलाई कालिका दैनिक अनलाइनले साउन ३१ गते मंगलबार साभार गरेको निहुँमा निज पिए दीपक लामिछानेलगायतका व्यक्तिहरूले पत्रकार सिंखडामाथि आज कुटपिट गरेका हुन् ।

संप्र्रेषित समाचारको विषयमा चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी प्रक्रियामा जानसकिने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारमाथि भएको कुटपिटको यो घटना निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

गोविन्दप्रसाद चौलागाई

सचिव

 डाउनलोड गर्नुहोस्