समाचार संकलनमा अवरोध गर्दै हातपात गर्नुका साथै क्यामेरामासमेत क्षति पुर्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

मिति :२०७९।०५।१३

काष्ठमण्डप टेलिभिजनमा कार्यरत ५ जना पत्रकारमाथि समाचार संकलनका क्रममा लक्ष्मी बैंकका सुरक्षा गार्डलगायतका कर्मचारीहरूले समाचार संकलनमा अवरोध गर्दै हातपात गर्नुका साथै क्यामेरामासमेत क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

टेलिभिजनका अनुसार गोरखा बु्रअरीले महानगरपालिकासँग अनुमति नलिई सुर्तीजन्य पदार्थ तथा मदिराको विज्ञापनको प्रायोजन गरेको छ । सोही विषयमा समाचार संकलनका लागि भाद्र १२ गते आइतबार दिउँसो १ः०० हात्तिसारस्थित केन्द्रीय कार्यालय पुगेका पत्रकार लेदन राई, फोमस भण्डारी, बज्रकिशोर पटेल तथा क्यामेरापर्सन राजेन्द्र तामाङ र रमेश सिंह विष्टमाथि लक्ष्मी बैंकका सुरक्षागार्डलगायतका कर्मचारीहरूले समाचार संकलन गर्न रोक लगाउँदै हातपात गरी क्यामेरामा समेत क्षति पु¥याएका थिए ।

नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि समाचार संकलनमा अवरोध गर्नु, हातपात हुनु तथा सञ्चार सामग्रीमा क्षति पु¥याउने काम हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसविरोधी यो घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्बाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्