पत्रकार रौनियारलाई गालीगलौज गरेको घटनाकाे निन्दा
मिति :२०७९।०७।२४
नेपाल पत्रकार महासंघ धादिङ शाखाका कार्यसमिति सदस्य तथा ग्यालेक्सी फोर के टेलिभिजनका सम्वादाता विकास रौनियारलाई समाचार संकलनका क्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामकृष्ण सापकोटाले गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
 
महासंघ धादिङ शाखाका अनुसार कात्तिक २३ गते बुधबार समाचारका लागि तथ्याङ्क र भिजुयल बाइट माग गर्दा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सापकोटाले पत्रकार रौनियारलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए ।
 
नागरिकलाई सुसूचित र सचेत गराउने कार्यमा जुटेका पत्रकारलाई संविधानले सुनिश्चित गरेको अधिकारको माग गर्दा एउटा जिम्मेवार अधिकारीबाट यस किसिमको व्यवहार हुनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।
 
महासंघ पत्रकारलाई पेशाप्रति हतोत्साहित बनाउने यो घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरेर पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
गोविन्दप्रसाद चौलागाई
सचिव

 डाउनलोड गर्नुहोस्