समाचारको विषयलाई लिएर सम्पादक डुन्डुराज आचार्यलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति :२०८१।०१।२८

प्रकाशित समाचारको विषयलाई लिएर नेपालप्रोफिट डटकमका सम्पादक डुन्डुराज आचार्य (डीआर) लाई नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेवि संघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइनमा २०८१ वैशाख १६ गते सप्रेषित ‘कांगेस नेता र मन्त्रीका पीएको कमाउ धन्धा, दक्षिण कोरिया पठाइदिन्छु भन्दै करिव ४ सय युवाबाट करोडौं असुली’ शीर्षक समाचारलाई लिएर नेविसंघका केन्द्रीय सदस्य भुपेन्द्रसिंह थेवेले ज्यान मार्ने धम्की दिनुका साथै नेविसंघ संखुवासभा सभापति चिरञ्जीवी श्रेष्ठले ‘जे पनि हुनसक्छ’ भन्दै धम्की दिएको जानकारीसहित सम्पादक आचार्यबाट महासंघमा प्राप्त निवेदनमा जनाइएको छ ।

संप्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने तथा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रचचिल प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै नेविसंघ जस्तो जिम्मेवार संघका जिम्मेवार व्यक्तिबाट यस किसिमले धम्क्याएको घटना प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो ।

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता अपराधिक मनसाय युक्त कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्वाध, निर्भीक र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको ख्याल गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्

पेज उपलब्ध छैन || नेपाल पत्रकार महासंघ
404 Error
The page you were looking for does not exist or the page is temporarily unavailable.