महासंघका पूर्वउपसभापति भट्टको निधनको खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०३।१७

नेपाल पत्रकार महासंघका पूर्वउपसभापति अग्रज पत्रकार कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित भट्टको भीमदत्त नगरपालिका–६ स्थित निवासमा असार १६ गते आइतबार राति निधन भएको हो ।

विगत चार दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भट्टले फारवेस्ट टाइम्स दैनिकमा सम्पादकको रुपमा काम गर्नुभएको थियो । राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्य रहेरसमेत काम गर्नुभएको भट्टको निधनले नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघ स्वर्गीय भट्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछ ।

 

रोसन पुरी

महासचिव

 

May be an image of text