महोत्तरीका पत्रकार राजेश सिंहलाई समाचार संकलनका क्रममा राष्ट्रिय सहकारी बोर्डकी कर्मचारी कान्ति पाण्डेले गरेकाे दुर्व्यवहार प्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०४।१७

राजधानी टुडे अनलाइनमा कार्यरत महोत्तरीका पत्रकार राजेश सिंहलाई समाचार संकलनका क्रममा राष्ट्रिय सहकारी बोर्डकी कर्मचारी कान्ति पाण्डेले दुव्र्यवहार गर्नुका साथै सञ्चार सामग्रीसमेत खोसेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ महोत्तरी शाखाका अनुसार साउन १५ गते मंगलबार स्थानीयको अनुरोधमा गाई गौशालामा भएको बेथितिको बारेमा समाचार संकलनका लागि पत्रकार सिंह महोत्तरीको निगौल गाई गौशाला कार्यालय पुगेका थिए । सोही क्रममा पत्रकार सिंहलाई कार्यालयको सभाकक्षभित्रै निज पाण्डेले भिडियो किन खिचेको भन्दै मोबाइल खोसेर गालीगलौज गर्दै दुव्र्यवहार गर्नुका साथै घटना स्थलमा रहेका प्रहरीले समेत पत्रकार सिंहलाई हप्काएको शाखाले जनाएको छ ।

नागरिकलाई सुसूचित गराउने कर्ममा जुटेका पत्रकारमाथि यस किसिमका व्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो । महासंघ प्रेसविरोधी घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

May be an image of text