नेपाली सञ्चारमाध्यमहरूमा प्रकाशन/प्रसारण भएका सामग्रीका सन्दर्भमा उठेका प्रश्नहरूप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

 

मिति : २०८१।०४।१७

पछिल्लो समयमा नेपाली सञ्चारमाध्यमहरूमा प्रकाशन/प्रसारण भएका सामग्रीका सन्दर्भमा उठेका प्रश्नहरूप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यमहरूले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सामग्री संप्रेषण गर्नुपर्छ भन्ने कुरामा महासंघको सधैँ जोड रहदै आएको छ ।

सञ्चारमाध्यमको विविधिकरणसगैं नयाँ चुनौतीहरू पनि थपिदैं गएको यर्थाथ हामी सबैका सामु छ । पुराना नीति र कानुनहरूले मात्रै अहिलेको सञ्चार क्षेत्रलाई व्यवस्थित सम्बोधन गर्न सम्भव नभएकाले महासंघले सञ्चार नीति र कानुनहरू छिटो निर्माण होस् भन्ने कुरामा आवाज उठाउँदै आएको छ ।

सञ्चारमाध्यमहरूका प्रकाशित÷प्रसारित सामग्रीहरूको बारेमा चित्त नबुझेका विषयहरू प्रचलित कानुनको अधिनमा रही प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्छ भन्ने कुरामा महासंघ प्रष्ट र अडिग छ ।

तसर्थ सञ्चार क्षेत्रका विषयमा हुने कुनै पनि निर्णय वा फैसला नेपालको संविधानको प्रस्थावनामा उल्लेखितत पूर्ण प्रेस स्वतन्त्रता र संविधानमा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता अनुरुपमात्रै हुने अपेक्षा महासंघले लिँदै आएको छ । कुनै पनि फैसला र निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबसोस भन्ने कुरामा महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

महासंघ नेपाल सरकार, न्यायलय र अन्य सम्बन्धित पक्षहरूलाई यस विषयमा गम्भीर हुन आग्रह गर्दछ ।

रोसन पुरी

महासचिव

May be an image of text