नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य चेतन पन्तको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले महासंघ स्तब्ध

 

मिति : २०८१।०४।२१

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य चेतन पन्तको ६६ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । विगत दुई वर्षदेखि अर्बुद रोगबाट पीडित भई उपचारपश्चात भैरहवाको दुर्गा कोलोनीस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेका पन्तको साउन २० गते आइतबार राति निधन भएको हो ।

विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पन्तले वि. सं. २०४५ सालबाट पत्रकारिता सुरु गर्नुभएको थियो । सो क्रममा उहाँले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्कलगायतका सञ्चारमाध्यममा काम गर्नुभएको थियो ।

तत्पश्चात पत्रकार पन्त पछिल्लो एकदशकदेखि बुद्धिष्ट साइट्स डटकम नामक वेभसाइट र चेतन पन्त युट्युव च्यानलमार्फत नेपाली र अंग्रेजी वृत्तचित्रहरु निर्माण गरी लुम्बिनीको प्रचार अभियन्ताका रुपमा सक्रिय हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु, अनुभवी र ऊर्जाशील पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय पन्तका श्रीमती र दुई छोरीे हुनुहुन्छ ।

महासंघ स्वर्गीय पत्रकार पन्तप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

.................

रोसन पुरी

महासचिव

May be an image of text