नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटालाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मिति : २०८१/०४/३१

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटालाई मातृशोक परेको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँकी ७९ वर्षीया ममतामयी आमा दिलु देवकोटाको साउन ३० गते बुधबार बिहान कालिकोटको खाँडाचक्र नगरपालिकास्थित निवासमा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ प्रदेश समिति अध्यक्ष देवीराम देवकोटासहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।

.................

रोसन पुरी

महासचिव

 

 डाउनलोड गर्नुहोस्