नेपाल भ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटिहोमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मितिः २०८१ /५/१

पशुपतिनाथमा आयोजित कोटिहोमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका नेपाल भ्युज डटकममा कार्यरत पत्रकार श्यामसुन्दर पुडासैनीमाथि कोटिहोमका आयोजकले गरेको कुटपिट र लुटपाटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

शुक्रबार मध्यरातमा पशुपतिनाथस्थित वनकालीमा पुडासैनीलाई कोटिहोमको विरोधमा समाचार लेखेको भन्दै जबर्जस्ती मञ्चमा लगेर अपमानजनक ढङ्गले माला लगाई दुव्र्यवहार गरिएको थियो । त्यसपछि पनि लखेट्दै कुटपिट गर्दै आफ्नो साथमा रहेका सरसामान समेत लुटपाट गरिएको पुडासैनीले बताएका छन् । पुडासैनीका अनुसार उनको साथमा रहेको दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेट समेत लुटपाट गरिएको छ ।

कुटपिटबाट पुडासैनी घाइते हुनुभएको छ । कार्यक्रमको रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको छ । योे संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्