नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य मुकेश यादवलाई सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले धम्क्याएको घटनाप्रति महासंघको ध्यानाकर्षण

मिति   ; २०८१।०५।०५

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य मुकेश यादव (स्वामी) लाई समाचारको विषयलाई लिएर सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले गालीगलौज  गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
सुप्रिम खबर अनलाइन, न्यूज कारखाना र प्राइम टेलिभिजनमा २०८१ साउन २३ गते संप्रेषित समाचारलाई लिएर पत्रकार यादवलाई नगरपालिका प्रमुख महतोले समाचार मेटाउन दबाब दिँदै ‘त दुई कौडीको पत्रकार समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुनसक्छ भनी धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौज गरेको महासंघ सिरहा शाखाले जनाएको छ ।
संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्नसकिने विकल्पलाई छाडेर सार्वजनिक पदमा वहाल प्रमुखजस्तो जिम्मेवार व्यक्तिले देखाएको यो व्यवहार अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो ।
संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र यस किसिमका हर्कत नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँर्दै महासंघ पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग माग गर्दछ ।

..................
रोसन पुरी
महासचिव

 

 डाउनलोड गर्नुहोस्