वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको ८४ वर्षको उमेरमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

मिति : २०८१।०५।२३

वरिष्ठ पत्रकार नरेन्द्रप्रसाद उपाध्यायको ८४ वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । १० दिनदेखि उक्त अस्पतालमा उपचारत रहेका उपाध्यायको उपाचारकै क्रममा भाद्र २३ गते आइतबार क्यालिफोर्नियाको सयमअनुसार ३ः३८ बजे निधन भएको हो ।

वि. सं. २०२६ सालदेखि ज्योति साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका उपाध्यायले तत्पश्चात आफ्नै सम्पादनमा अंग्रेजी भाषामा टेलिग्राफ साप्ताहिकको प्रकाशन सुरु गर्नुभएको थियो । तीन दशकभन्दा लामो समय सम्पादनको जिम्मेवारीमा रही उक्त साप्ताहिकलाई निरन्तरता दिनु भएका उपाध्यायको मुख्यतः लेखहरू भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रीबीचको भूराजनीतिक तनाब र पाकिस्तानलाई क्षेत्रीय शक्ति मान्नु पर्ने आवश्यकतामाथि केन्द्रित थिए । उहाँको निधनले नेपाली पत्रकारिता जगतले एक जना अनुभवी, निर्भीक र व्यावसायिक पत्रकारलाई गुमाएको छ ।

महासंघ स्वर्गीय पत्रकार उपाध्यायप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

रोसन पुरी

महासचिव

May be an image of text