नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठककाे निर्णय

 

मितिः २०८१ भदौ २६

नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठक कार्यबाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतामा सम्पन्न भयो । बैठकले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि उत्पन्न परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै कार्यबाहक अध्यक्षका रुपमा वरिष्ठ उपाध्यक्ष रमेश विष्टले आजैदेखि कार्यभार सम्हाल्ने निर्णय ग¥यो । महासंघको निर्वाचन घोषित मितिमा नै सम्पन्न गराउन निर्वाचन समितिसहित सबै सरोकारवाला पक्षसँग गम्भीर छलफल गरी अघि बढ्ने निर्णय ग¥यो । महासंघले अध्यक्ष पोख्रेलले अहिलेसम्म पुर्‍याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गर्‍यो ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्