वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएकाे दु:खद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध

 

मितिः २०८१ /५/२७

वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । मस्तिष्कघात भएर त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका उहाँको आज अस्पतालमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँ वीरगञ्जमा रहेर पत्रकारिता गर्नुहुन्थ्यो ।

महासंघ स्वर्गीय पत्रकार पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्