महासंघको तर्फबाट २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार :

 

मिति : २०८१।०५।२८

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भई केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरूको निर्वाचनमा विविध कारणले ढिलाई हुन गएको विदितै छ । पछिल्लो पटक मिति २०८१ असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोख्रेलले विभिन्न कारण देखाउँदै राजीनामा दिनु भएपछि असहज परिस्थिति उत्पन्न भएको छ । निर्वाचनको घोषित मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।

अध्यक्ष पोख्रेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षहरूसँगको सहमतिमा तयार भएको मतदाता सूची आज मिति २०८१ भाद्र २८ गते निर्वाचन समितिलाई हस्तान्तरण गरिएको जानकारी गराउँदछु । साथै, महासंघको तर्फबाट मिति २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्रचार गरिएको छ । मतदाता सूची मिति २०८१ भाद्र २९ गते शनिबारका दिन सार्वजनिक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु ।

महासंघको निर्वाचन सम्पन्न गर्न महासंघका सबै समितिहरू, सदस्यहरू, सल्लाहकारज्यूहरू, पूर्वअध्यक्षज्यूहरू र पत्रकारितासँग सम्बन्धित सबै संघसंस्था तथा सरोकारवाला पक्षहरूबाट सहयोग पु¥याउनु हुन आहृवान गर्दछु ।

 

रमेश विष्ट

कार्यवाहक अध्यक्ष

 डाउनलोड गर्नुहोस्