पत्रकार लामिछानेमाथि भएको आक्रमणको घटनाप्रति महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०६।०८

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य एवं नेशनल न्यूजका सम्पादक तथा मेगा टेलिभिजनमा कार्यरत पत्रकार भरत लामिछानेमाथि अपरिचित व्यक्तिबाट भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार लामिछानेले आफूमाथि भएको आक्रमणको विवरणसहित नेपाल पत्रकार महासंघमा निवेदन दिनुभएको छ । असोज ४ गते शुक्रबार बिहान ७ः४५ बजेको समयमा नयाँबानेश्वर चोकबाट फुटपाथ हुँदै हिँडेर बिजुलीबजारस्थित टेलिभिजनको कार्यालय जाने क्रममा फुटपाथबाट मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले पछ्याएपछि ट्राफिक नियमविपरीत रहेको भनी ती अपरिचित व्यक्तिको मोबाइलबाट फोटो खिँचेपछि आफूलाई ती अपरिचित व्यक्तिहरूले जाथाभावी गालीगलौज गर्दै कुटपिट गरेको तथा मोबाइल खोसेर फोटो मेटाइ माफीसमेत माग्न लगाएको पत्रकार लामिछानेको निवेदनमा उल्लेख छ ।

कुनै पनि बहानामा पत्रकारमाथि यसप्रकारको व्यवहार हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी हर्कत हो । महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको छानबिन गरी दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रोसन पुरी

महासचिव

May be an image of text

पेज उपलब्ध छैन || नेपाल पत्रकार महासंघ
404 Error
The page you were looking for does not exist or the page is temporarily unavailable.