प्रदेश तथा जिल्ला अध्यक्षहरूको २०८१ असोज १९ गते शनिबार सम्पन्न राष्ट्रिय भेलाकाे निर्णय

मिति :२०८१।०६।२०

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थिति र विकसित घटनाक्रमप्रति सबै प्रदेश तथा जिल्ला शाखा अध्यक्षको राय, सुझाव तथा परामर्शलाई दृष्टिगत गर्दै महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) को धारा ३५ को उपधारा ७ अनुसार प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला २०८१ असोज १९ गते शनिबार सम्पन्न भएको छ ।

महासंघ भक्तपुर शाखाको आतिथ्यतामा भक्तपुरको बोदेमा आयोजना भएको भेलाले महासंघको निर्वाचन, सदस्यता विवाद समाधानलगायतका विषयमा व्यापक छलफल गरी निम्न निर्णय गरेकोले जानकारीका लागि यो विज्ञप्ति प्रेषित गरिएको छ ।

१. नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनपछि उत्पन्न विशेष परिस्थितिका कारण पटकपटक स्थगित भएको महासंघको तीनै तहको निर्वाचन २०८१ मंसिर २८ शुक्रबार गर्ने भेलाले निर्णय गरेको छ ।

२. महासंघको सदस्यतामा देखिएको विवाद समाधानका लागि भेलाले तय गरेको विधिमा रहेर २०८१ कात्तिक मसान्तभित्र विवाद टुंगो लगाउने निर्णय भेलाले गरेको छ । कात्तिक मसान्तभित्र टुंगो लागेको नामावली लगत्तै निर्वाचन समितिलाई हस्तान्तरण गरिनेछ ।

३. प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षतिप्रति भेलाले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछ । प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त सञ्चार गृहको पुनर्निमार्णमा सहयोग गर्न सरकारसहित सरोकारवाला पक्षलाई आग्रह गरिएको छ ।

४. प्राकृतिक प्रकोपका बीच देशभरबाट उपस्थित तथा भर्चुअल माध्यममा सहभागी महासंघका प्रदेश तथा जिल्ला शाखाका अध्यक्षप्रति भेलाले आभार व्यक्त गरेको छ । प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाको आतिथ्यताका लागि महासंघ भक्तपुर शाखाका अध्यक्षसहित कार्यसमिति तथा सम्पूर्ण सदस्यहरू र समन्वयका लागि उपत्यका प्रदेश समितिलाई भेलाले धन्यवाद ज्ञापन गरेको छ ।

 

रोसन पुरी

महासचिव

May be an image of text