मिति : २०८१।०८।०७
नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिका महासचिव तथा केटिएम भ्वाइसका सम्पादक रोयल आचार्यलाई प्रकाशित समाचारको विषयलाई लिएर दिइएको धम्कीको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
पैसा खाएर विद्यार्थी पास गराएको विषयमा त्रिभुवन विश्व विद्यालयको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा उजुरीको प्रमाणसहित केटीएम भ्वाइसमा समाचार प्रकाशन भएको थियो । सोही समाचारको निहँुमा सम्पादक आचार्यलाई विभिषा पोखरेल भन्ने व्यक्तिले फोन गरेर धम्क्याएको जनाइएको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जानसकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई धम्क्याएको यो घटना प्रेस स्वतन्त्रताविरुद्ध छ ।
महासंघ प्रेसविरोधी यस्ता घटनाको कडा शब्दमा निन्दा गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याएर प्रेसको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।
रोसन पुरी
महासचिव