नेपाल पत्रकार महासंघकाे सदस्यहरूमा अपिल

 

मिति : २०८१।०८।१८

प्रजातन्त्रको बिहानीसँगै सात दशकअघि स्थापित नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ नयाँ नेतृत्व चयनको संघारमा उभिएको छ । यही मंसिर २८ गतेका लागि निर्धारित निर्वाचनले महासंघको २४औं केन्द्रीय नेतृत्व चयन गर्नेछ । सोही दिन प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखामा समेत नयाँ नेतृत्व चुनिनेछन् । देशभरका करिब साढे नौ हजार श्रमजीवी पत्रकार प्रत्यक्ष सहभागी हुने ‘चुनावी दिन’ (इलेक्सन डे) को सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल पत्रकार महासंघको निर्वाचनका विषयमा आम नागरिकमा समेत संशय पैदा हुने र महासंघको विधान समेतको उल्लंघन हुनसक्ने अवस्थाबाट जोगाउँदै निर्वाचनको माहोल खडा भएको छ । यस अवधिमा महासंघले भोग्नु परेका तीता यथार्थलाई बिर्सेर आम नागरिकबाट समेत लोकतन्त्रको पहरेदार संस्थाका रुपमा मान्यता पाएको नेपाल पत्रकार महासंघको निर्वाचन आजको अनिवार्य शर्त बनेको छ । निर्वाचनको वातावरण बनेबाट यसले नेपाल पत्रकार महासंघको सांगठनिक जीवनमा नयाँ ऊर्जा, उत्साह र उमंग भरेको छ । महासंघको निर्वाचनलाई सफल बनाउने वातावरण तयार गर्न आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु हुने सबै अग्रज, नेतृत्वपंक्ति र सहकर्मी साथीहरुप्रति आभार व्यक्त गर्दछु ।

महासंघको नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिएका कतिपय पत्रकारहरू आसन्न निर्वाचनको मतदाता नामावलीमा प्राविधिक कारणले छुटेका छन् । यसले हामीलाई दुखित तुल्याएको छ । यद्यपि त्यस्ता पत्रकारहरूलाई आगामी दिनमा सदस्य कायम हुने गरि व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

प्रेस स्वतन्त्रताको रक्षा, व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकास र पत्रकारको श्रम अधिकार संरक्षणलगायत आदर्शमा अडिग रहँदै नेपाल पत्रकार महासंघले आफ्नो जीवनकालमा थुपै्र आरोह-अवरोह पार गरेको छ । प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र व्यावसायिक पत्रकारिताका लागि अत्यन्तै प्रतिकूल उपरोक्त कालखण्डमा महासंघ कहिल्यै विचलित भएन । त्यसकारण पनि नेपाल पत्रकार महासंघ

नेपाली पत्रकारहरुको आशा, भरोसा र विश्वासको साझा घर बन्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको नजरमा लोकतन्त्रको पहरेदार र प्रेस स्वतन्त्रताको मानक बनेको छ । नेपाल पत्रकार महासंघ आगामी निर्वाचनमार्फत अग्रजहरुले निर्माण गरेको यही सुनौलो इतिहास र गौरवपूणर् विरासतलाई अविछिन्न रुपमा अघि बढाउन प्रतिवद्ध छ ।

सर्वविदितै छ, हामीले नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने सन्दर्भमा केही कठिनाइ भोग्यौं । यसअघि पटक-पटक निर्धारित निर्वाचनका मिति स्थगित गरिए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भका बीच निर्वाचित अध्यक्ष विपुल पोख्रेल तथा कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुपर्‍यो । यसबीचमा उहाँहरुले निर्वाह गर्नु भएको सकारात्मक भूमिका तथा योगदानको उच्च प्रसंशा गर्दछु ।

२०८१ असोज १९ मा भक्तपुरमा आयोजित शाखा तथा प्रदेश अध्यक्षहरुको राष्ट्रिय भेलाले उक्त अप्ठेरो परिस्थितिको अन्त्य गरी निर्वाचन सुनिश्चित गर्ने विधि तय गर्‍यो । राष्ट्रिय भेलाले निर्दिष्ट गरेको सोही विधिबाट मंसिर २८ को निर्वाचत सुनिश्चित भएको हो । अब हाम्रो सामु निर्वाचतमार्फत आउने नयाँ नेतृत्वलाई आगामी कार्यभार सुम्पिने स्वणर्िम समय आएको छ । यस कार्यभारलाई सफल पार्नका लागि महासंघका सम्पूणर् सदस्य, तीनै तहका कार्यसमिति तथा निर्वाचन समिति, सरोकारवाला संघसंगठन र महासंघप्रति चासो एवं चिन्ता राख्ने सबै शुभेच्छुकलाई हार्दिक अपिल गर्दछु ।

बाला अधिकारी

कार्यवाहक अध्यक्ष

 डाउनलोड गर्नुहोस्