राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चितवनमा पत्रकारमाथि गरेको आक्रमण र दुव्र्यवहारका घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

 

मिति : २०८१।०८।२०

सहकारी ठगीलगायतका आरोपमा रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान को विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पत्रकारमाथि गरेको आक्रमण र दुव्र्यवहारका घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

मंसिर १९ गते बुधबार चितवनमा सभापति लामिछानेको अनुसन्धानको विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघका सदस्य एवं कपुरकोट मिडियामा कार्यरत पत्रकार सन्तोष देउजालाई निर्घात कुटपिट गरेको महासंघ चितवन शाखाले जनाएको छ । सो क्रममा घटनाका बारे बुझ्न जाँदा महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली र नेपाल प्रेसकी संवाददाता प्रतिमा सिलवाललाई दुव्र्यवहार गरिएको थियो ।

नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो । यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ । महासंघ घटनाको कडा शब्दमा भत्र्सना गर्दछ ।

घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै महासंघ संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित पार्टीको पनि ध्यानाकर्षण गराउँदछ ।

 

रोसन पुरी

महासचिव

 डाउनलोड गर्नुहोस्