मिति : २०८१।१०।१८
समाचारको विषयलाई लिएर सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्कीको घटनाका सन्दर्भमा नेपाल पत्रकार महासंघले गठन गरेको मिडिया मिसनले तयार पारेको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरिएको छ ।
मिसन टोलीले घटनाको स्थलगत अवलोकन र अध्ययन गरी घटनासँग जोडिएका सबै पक्ष, स्थानीय निकाय, प्रहरी प्रशासन तथा पीडित पत्रकार तथा उनको परिवारसँग आवश्यक सोधपुछ तथा छलफल गरी प्रतिवेदन तयार पारेको थियो ।
मिसन टोलीमा महासंघका केन्द्रीय सदस्यद्वय कमल रिमाल तथा शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य हुनुहुन्थ्यो ।
प्रतिवेदन महासंघको वेभसाइट https://fnjnepal.org/.../resources/resource_1738316047.pdf मा हेर्न सकिनेछ ।
रामप्रसाद दाहाल
महासचिव