मिति : २०८१।१०।२०
नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष संजीव मिश्रलाई मातृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध भएको छ। उहाँकी ६९ वर्षीया ममतामयी आमा कृष्णवती देवीको माघ १९ गते शनिबार निधन भएको हो । स्वर्गीय कृष्णवती देवीका कोषाध्यक्ष संजीव मिश्रसहित दुई छोरा हुनुहुन्छ। नेपाल पत्रकार महासंघ स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकको यस घडीमा शाखा कोषाध्यक्ष संजीव मिश्रसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ।
रामप्रसाद दाहाल
महासचिव