नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव जितेन्द्रलाल श्रीवास्तवलाई पितृशोक

 

मिति : २०८१।११।०६

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सहसचिव जितेन्द्रलाल श्रीवास्तवलाई पितृशोक परेको छ । उहाँका पूज्य पिता जगदीशलाल श्रीवास्तवको ७५ वर्षको उमेरमा २०८१ फागुन ४ गते आइतबार रौतहटको गरुडा नगरपालिका–९ रौनापुर नरकटियास्थित निवासमा निधन भएको हो ।

नेपाल पत्रकार महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा पितृशोकमा पर्नुभएका सहसचिव जितेन्द्रलाल श्रीवास्तवसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्