पत्रकार हमालमाथि प्रहरीले गरेकाे दुर्व्यवहारकाे भर्त्सना

 

मिति : २०८१।११।२७

समाचार संकलनका क्रममा दिनेश एफएम र दिनेश खबर डटकममा आवद्ध पत्रकार आर्जु हमाललाई प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

फागुन २५ गते आइतबार धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित सिटीहलको उद्घाटन समारोहको समाचार संकलनका क्रममा पत्रकार हमालमाथि प्रहरी अधिकृतहरूले दुर्व्यवहार गरेको महासंघ कैलाली शाखाले जनाएको छ ।

नागरिकलाई सुसूचित गर्ने धर्म निर्वाहमा जुटेका पत्रकारलाई प्रहरीले गरेको यो व्यवहार प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ प्रहरीको हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ । र, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी प्रेसविरोधी यस्ता कार्यमा संलग्नमाथि विभागीय कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्