महोत्तरीस्थित रेडियो नेपालका सम्वाददाता मन्जित रामलाई स्थानीय कुंज बिहारी यादवसहितले आक्रमण गरी घाइते बनाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

मिति : २०८१।१२।०४

महोत्तरीस्थित रेडियो नेपालका सम्वाददाता मन्जित रामलाई स्थानीय कुंज बिहारी यादवसहितले आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

महासंघ मधेस प्रदेश समितिका अनुसार चैत्र ३ गते आइतबार महोत्तरीको सोनमा गाउँपालिका–५ स्थित निवासमा रहेका पत्रकार रामलाई यादवसहित उनका परिवारजनले नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर कुटपिट गरेका थिए ।

कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराधको हो । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यो हर्कतमा संलग्नलाई तत्काल कानुनी दायारा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।

साथै, कुटपिटबाट घाइते भएका पत्रकार रामको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्