बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित

 

मिति : २०८१।१२।१५

बदलिएको परिस्थितिका कारण नेपाल पत्रकार महासंघले स्थापना दिवसका अवसरमा यही चैत १६ गते भोलिको लागि देशभर आह्वान गरेको पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोधसभाको रूपमा मनाउने जानकारी गराइन्छ । केन्द्रीय समितिले भोलि चैत्र १६ गते शनिबार बिहान ८ः०० माइतीघर मण्डलामा भेला भएर पत्रकारको ‘हत्या’ र सञ्चारमाध्यमाथि भएको ज्यादतीका विरुद्ध विरोधसभा गर्नेछ ।

उक्त सभामा उपस्थित भई आन्दोलनकारीले लगाएको आगोमा जलेर मृत्यु भएका पत्रकारप्रति श्रद्धाञ्जली र सञ्चारमाध्यमविरुद्ध भएको हमला विरुद्ध हातेमालो गर्न महासंघ सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, अधिकारकर्मी, मानवअधिकारकर्मी तथा प्रेस स्वतन्त्रताकामी सम्पूण नागरिकमा हार्दिक आह्वान गर्दछ ।

यसैगरी भोलिका लागि महासंघका उपत्यका बाहिरका प्रदेश समिति तथा शाखा समितिले स्थापना दिवसका अवसरमा तय गरेको सम्पूर्ण कार्यक्रम स्थगित गरी केन्द्रीय समितिले तय गरेबमोजिम गर्न अनुरोध गरिन्छ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्