नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारुमगरलाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी

मितिः २०८१।१२।२५

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारुमगरलाई पितृशोक परेको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको छ । उहाँका ५५ वर्षीय पूज्य पिता सुर्जबहादुर थापाको आज दिउँसो उपचारको क्रममा निधन भएको हो ।

चैत्र २४ गते आइतबार मकवानपुरगढी नजिकै अटो चलाउँदै गरेको अवस्थामा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर घाइते भएका थापालाई हेटौडा र चितवनका अस्पताल हुँदै थप उपचारका लागि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । स्वर्गीय थापाका प्रदेश अध्यक्ष कृष्णसहित ३ छोरा र १ छोरी हुनुहुन्छ ।

महासंघ स्वर्गीय पिताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा महासंघ प्रदेश अध्यक्ष सारुमगरसहित शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना प्रकट गर्दछ ।

रामप्रसाद दाहाल

महासचिव

 डाउनलोड गर्नुहोस्