२०७४÷४÷२८
 
 
पत्रकार महासंघको अपिल
 
अधिक वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा नेपाल पत्रकार महासंघ र आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । मौसमविदहरूका अनुसार यस्तो अवस्था अझै केही दिन रहनसक्ने संभावना रहेकोले प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थामा भन्दा बढी संवेदनशील भई सूचना संप्रेषण गर्नुका साथै प्रभावितहरूको उद्धार र राहतमा जुट्न म सम्पूर्ण सञ्चारकर्मी मित्र एबं आमसञ्चारमाध्यमहरूलाई हार्दिक अपिल गर्दछु । नेपाल पत्रकार महासंघका सबै शाखाहरूलाई यस्तो विपत्तिमा उद्धार र राहत टोलीलाई सक्दो सहयोग गर्न एबं पत्रकार र सञ्चारमाध्यममा भएको क्षतिको विवरण संकलन गरी तत्काल महासंघ केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि आग्रह गर्दछु ।
 
……………..
डा. महेन्द्र विष्ट
अध्यक्ष
Bhuwan KarkiNews Stories
२०७४÷४÷२८     पत्रकार महासंघको अपिल   अधिक वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएकोमा नेपाल पत्रकार महासंघ र आफ्नो तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । मौसमविदहरूका अनुसार यस्तो अवस्था अझै केही दिन रहनसक्ने संभावना रहेकोले प्राकृतिक विपत्तिको यस घडीमा सामान्य अवस्थामा भन्दा बढी संवेदनशील भई सूचना...