नेपाल पत्रकार महासंघकाे नवनिर्वाचित केन्द्रीय समितिको पहिलाे बैठकले गरेका निर्णयहरू

 नेपाल पत्रकार महासंघकाे नवनिर्वाचित केन्द्रीय समितिको पहिलाे बैठकले गरेका निर्णयहरू



Dec 24, 2024

 

पुस ९, काठमाडाैं । नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलाे बैठक महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माकाे अध्यक्षतामा बसेकाे छ । बैठकले देहायबमोजिम गरेका निर्णयहरू गरेकाे छ ।  

-२७औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबै पक्षप्रति धन्यवाद ज्ञापन ।

- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता ।

- केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने ।

- समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाउने  निर्णय गरेकाे छ ।