फ्री मिडिया नेटवर्कको बैठक सम्पन्न

फ्री मिडिया नेटवर्कको बैठक सम्पन्न



Jan 31, 2018

नेपाल पत्रकार महासंघमा फ्री मिडिया नेटवर्कको बैठक बस्यो । बैठकमा सम्पादकीय स्वतन्त्रता, संघीय संरचना अन्तर्गत केन्द्र तथा स्थानीय तहमा आवश्यक पर्ने सञ्चार सम्बन्धी कानूनबारे छलफल भयो । बैठकमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सूचना विभागमा महानिर्देशक विरबहादुर राई, प्रेस काउन्सिल नेपालका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठ, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, डा. महेन्द्र विष्ट लगायतको उपस्थिति थियो ।