सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना

सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना



Apr 17, 2018

नेपाल पत्रकार महासंघले सगरमाथा आरोहण गर्ने पत्रकार महिलालाई सफलताको शुभकामना दिँदै महासंघको लोगो अंकित झण्डा हस्तान्तरण गरेको छ । महासंघमा आज भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघको सदस्यले सगरमाथा आरोहण गर्नु सिंगो महासंघले आरोहण गर्नु सरह हो भन्दै सफल आरोहणको शुभकामना दिनुभयो । उहाँले महिला पत्रकारको सगरमाथा आरोहणले महिलाको साहसलाई विश्वमै उजागर गर्ने धारणा राख्नु भयो । महसंघका उपाध्यक्ष विपुल पोखरेलले पत्रकार महिलाको सफल आरोहणले नेपाली पत्रकारलाई नै सगरमाथा आरोहणको आभास दिलाउने धारणा व्यक्त गर्नुभयो । आरोहण गर्ने पत्रकार महिलाको तर्फबाट बोल्दै पत्रकार देउराली चाम्लिङले मे महिनाको १५ देखि २९ भित्र सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताउनु भयो । देउराली चाम्लिङ, कल्पना महर्जन , प्रियालक्ष्मी कार्की , रोजिता बुद्धचार्य र रोशा बस्नेत सगरमाथा आरोहणका क्रममा भोलि सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । आरोहीहरुले सगरमाथाको चुचुरोबाट नेपाल टेलिभिजनमा आरोहणका प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको बताएका छन् ।