नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण समितिको अपिल


मिति : २०७९।१०।१९

नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र सदस्य नवीकरणसहित महासंघको सदस्यता शुद्धीकरणको प्रयोजनका लागि २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासचिवको नेतृत्वमा गठित शुद्धीकरण समितिको अपिल

नेपाल पत्रकार महासंंघको २०७९ पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता शुद्धीकरण समिति’ निर्माण भएको अवगत नै छ । सो समितिको बैठकले बसी निम्नअनुसार गर्ने निर्णय गरेकोले सम्बन्धित सबैमा यो अपिल गरिन्छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठित सदस्यता शुद्धीकरण समितिले साधारण सभाबाट प्राप्त कार्यादेश बमोजिम कार्य अगाडि बढाएको छ ।

समितिको बैठकहरूबाट “सदस्यता शुद्धीकरण अभियान २०७९" थालनी गर्ने निर्णय भए बमोजिम महासंघका सम्पूर्ण सदस्यहरू र सबै शाखाहरू, एसोसियट संस्थाहरू र वैदेशिक शाखाहरूलाई शुद्धीकरण अभियानमा साथ दिन यो आह्वान गरिएको छ ।

समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको छ ।

अतः पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपील गरिन्छ ।

अन्यथा समितिले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्ड मस्यौदाामाथि शाखा, एशोसिएट, प्रदेश र केन्द्रीय समितिसँग आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा विभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेकाहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेको नपाईए प्रकृयागत रूपमै सदस्यताको सूचीबाट हटाइनेतर्फ सचेत गराइन्छ ।

रोसन पुरी

महासचिव

 Download